Ad #144479

कोरोना भाइरसको संक्रमणका कारण पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएकी सीताको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

उनलाई दशैंमा पुख्र्यौली घर रोल्पा गएका बेला स्वास्थ्यमा समस्या देखिएको थियो । कार्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजन मात्रा घटेर निमोनिया समेत देखिएपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएपनि बचाउन नसकिएको हो ।

नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनको रिर्पोट नेगेटिभ आएको थियो । सीता लामो समयदेखि माइस्थेनिया रोगबाट ग्रसित थिइन् । जसकारण महराको पत्नीसँग सम्बन्ध विग्रदै गएको थियो ।