Ad #144479

बंगलादेशबाट पैचोमा मल नआउने भएको छ । ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेपछि मल आउने सम्भावना नभएको हो ।

दुई देशका प्रधानमन्त्री बीच पैँचो मल लिन दिन भदौ १६ गते भएको मौखिक समझदारीबाट बंगलादेश पछि हटेको कृषि मन्त्रालयले जनाएको छ । नेपालले अब सरकारी तहबाटै मल किन्नु पर्ने अवस्था आएकाले किसानले फेरि पनि मल अभावको समस्या झेल्नुपर्नेछ ।

जीटूजी मार्फत खरिद गर्नका लागि मोडालिटी अन्तिम चरणमा पुगेको र स्वीकृतिका लागि केही दिन भित्रै मन्त्रिपरिषदमा पेश हुने कृषि मन्त्रालयका कर्मचारीको दाबी छ ।

सरकारले यसरी प्रक्रियागत रुपमै समस्या निम्त्याउँदा किसान भने मारमा परेका छन् । धान छर्ने बेला समेत मल नपाएका किसान फेरि गहुँ छर्ने बेलामा पनि मल नपाउने चिन्ता थपिएको छ ।