सप्तरीमा सेवाग्राहीबाट घुस लिएर संगठनकै बदनाम गर्ने नेपाल प्रहरीका घुस्याहा सई र जवान पक्राउ परेका छन् । नेपाल–भारत सीमामा रहेको राजविराज भन्सार कार्यालयका प्रहरी नायब निरीक्षक सई सिकिन्दर कामत र प्रहरी जवान रामेश्वर मण्डल पक्राउ परेका हुन् ।
दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनीहरुले भारतबाट नेपालमा अवैधरूपमा समान ओसार्न प्रयोग भएको मोटरसाइकल कागज मिलाएर छाडि दिने भनेर घुस लिएका थिए ।
सइ कामतले सेवाग्राहीबाट ५० हजार घुस लिएका थिए भने जवान यादवले पनि घुस रकम लिएर सेवाग्राहीलाई दुःख दिएका थिए ।











