Ad #144479

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार ६२० रहेको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ७६५ रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । नेपालको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

जम्मा संक्रमितको संख्या १ लाख ७३ हजार ७६५ पुगेको छ । देशभर सक्रीय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।