Ad #144479

 नेपालमा थप २ हजार ८ सय २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार २ सय ६४ जना कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ। तीमध्ये १ लाख ३४ हजार ८ सय ४२ डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको छ भने २ हजार ३ सय ८६ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ६० पुगेको छ।