सिसाजन्य पदार्थले बालबालिकामा असर बढी पर्ने

बालबालिकामा सिसाजन्य पदार्थको असर बढी पर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)ले मनाइरहेको सप्ताव्यापी सिसाजन्य पदार्थको असर तथा रोकथामको अवसर पारेर नेपाल पोलिमर इन्स्टिच्यूटको आयोजना तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ‘नाष्ट’, व्यावहारिक विज्ञान तथा प्रविधि केन्द्र ‘रिकाष्ट’ र नेपाल विकास अनुसन्धान प्रतिष्ठान ‘एनडिआरआइ’को सहआयोजनामा भएको ‘सिसाजन्य तथा टल्कने पदार्थले स्वास्थ्य र वातावरणमा पारेको असर’ विषयक कार्यक्रममा बालबालिकाको दिमाग कलिलो हुने भएकाले उनीहरुमा यस्ता चिजले बढी असर पार्ने गरेको जानकारी गराइयो ।

त्रिचन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक तथा इन्स्टिच्यूटका कोषाध्यक्ष डा। ज्योति गिरीले विभिन्न प्रकारका रङ्ग र मानिसले प्रयोग गर्ने सौन्दर्यका सामग्रीमा सिसाजन्य अर्थात टल्कने प्रदार्थ हुनेहुँदा यसले मानवको शरीरमा असर गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता वस्तुले साना बालबालिकको दिमागमा असर गरेर विभिन्न रोगको सिकार बनाउँछ ।” जमिनमा प्रयोग भएका सिसाजन्य पदार्थले पानी र माटो हुँदै उत्पादन भएको अन्नमा समेत प्रभाव पार्न नछाड्ने गिरीको भनाइ छ ।

मोबाइलको ब्याट्री, रङ्ग उद्योग, बालबालिकाले खेल्ने खेलौना, घरमा प्रयोग गरिने काठपात तथा हस्तकला र गरगहना आदिमा पोतिने चिजमा पनि सिसाजन्य पदार्थको प्रयोग हुने गर्छ । यसको असरलाई थप बढवा दिन उद्योग र कलकारखानाबाट निस्कने धुँवा, मलखाद र विषादी थप मद्दत गर्ने जानकारको मत छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र ९सिइपिएचइडी० का कार्यकारी निर्देशक रामचरित शाहले अन्य वस्तुको तुलनामा घरमा लिपिने रङ्गमा अधिक मात्रामा सिसाजन्य प्रदार्थको प्रयोग हुने जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली बजारमा अधिक मात्रामा सिसाजन्य पदार्थ प्रयोग गरिएका रङ्गहरु अहिले पनि उतिकै उत्पादन भइरहेका छन् । यसको नियन्त्रणमा सरकार नै लाग्नुपर्ने देखिन्छ ।” ती रङ्ग उद्योगमा सरकारका प्रतिनिधिले अनुसन्धान गरेर मापदण्ड तोकिदिएमा मात्रै मानवीय जीवनका साथै वातावरणमा पर्ने असर समेत घट्ने शाहले बताउनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद आर्यालले मूलुकमा मोबाइल प्रयोगकर्ता बढिरहेको अवस्थालाई उजागर गर्दै यसमा प्रयोग हुने सिसाजन्य प्रदार्थलाई ध्यानमा राखी आवश्यक र सही तवरले मात्र मोबाइल प्रयोग गर्न सुझाव दिनुभयो । नेपाल केमिकल सोसाइटीका महासचिव डा।भानुभक्त न्यौपानेले मानिसले दैनिक प्रयोग गर्ने सौन्दर्यका सामग्रीमा सिसाजन्य पदार्थको प्रयोग कति हुनुपर्छ र कति भइरहेको छ भनेर अध्ययन तथा अनुसन्धान गर्न जरुरी रहेको औंल्याउनुभयो ।

डोको रिसाइकल नामक संस्थाका प्रतिनिधि पंकज पञ्जीयारले नेपालमा काम नलाग्ने ब्याट्री व्यवस्थापनमा समस्या रहेको दुःखेसो गर्नुभयो । “नेपाली माटोमा एसिड पनि उतिकै पोखिने गरेको हुँदा यसतर्फ पनि कडा नियम बन्न जरुरी छ ।” मूलकका करोडौँ बालबालिकालाई सिसाजन्य पदार्थको जोखिमबाट बचाउने दरो नीति नियम खाँचो भइरहेको पञ्जीयारले बताउनुभयो ।

रिकाष्टका कार्यकारी निर्देशक रामेश्वर अधिकारीले सिसाजन्य पदार्थको जोखिमबाट मानव र वातावरण दुवैलाई बचाउन रिसाइक्लिङ प्लान्ट र उचित पूर्वाधार व्यवस्था गर्न जरुरी रहेको सुझाव दिनुभयो । पूर्व विज्ञान मन्त्री गणेश शाहले यस्ता वस्तुको असरबाट जोगिनुपर्नेमा जोड दिँदै त्यसका लागि सरकारले उचित नियम बनाउनुपर्ने बताउनुभयो ।

नाष्टका उपकुलपति डा। सुनिलबाबु श्रेष्ठले ती चिजले मानवको दिमागमा समेत असर गर्न नछाड्ने भएकाले यसको प्रदुषण हटाउन विज्ञको सहयोग, सुझाव र सल्लाहका साथसाथै नाष्ट अघि बढ्न चाहेको बताउनुभयो । कार्यक्रमका अन्य वक्ताले नेपालको पानीमा हालसम्म सिसाजन्य पदार्थ नभेटिएको र रङ्गमा बढि मात्रामा सिसाजन्य पदार्थ भेटिएको हुँदा यसतर्फ सरकारले मापदण्ड तोकेर मात्र उत्पादन र बजार व्यवस्थापन गर्न दिनुपर्ने बताउनुभयो ।

[sidebar name="button post"]