Ad #144479

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कार्त्तिक २१ गते पार्टी कार्यालयमा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ।

कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ। कोरोना भाइरस महामारीले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम प्रभावित भएपछि कांग्रेसले महाधिवेशनको मिति सार्ने तयारी गरेको छ।

कांग्रेस भित्रको अन्योलताका बीच सबै पदाधिकारी, सदस्य र केन्दीय सदस्यलाई केन्द्रीय कार्यालय सानेपामा उपस्थित हुनका लागि अनुरोध गरिएको छ ।