बुधबार देशभर २ हजार ९८१ कोरोना भाइरस संक्रमित निको भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार सो संख्यामा कोरोना जितेका छन ।
योसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । यस्तै गत २४ घण्टामा ११ संक्रमितको मृत्यु भएकाे छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको मन्त्रालयले जनाएको छ।
यसैगरी हाल ३९ हजार ६४३ सक्रिय संक्रमित रहेका छन । सबै संक्रमित आइसोलेसनमा छन । मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हाल २ हजार ८८९ जना क्वारेन्टाइनमा छन् ।











