कार्तिक १०, आज प्रदेश १ र २ को एक दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । पानी पानी ठूलो प्रणाली नभएपनि स्थानीय वायुको प्रभावले आज दिउँसो प्रदेश १ र २ को एक दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु बासीले बताउनुभयो ।
उहाँका अनुसार अरु प्रदेशको मौसम भने सफा रहनेछ । अहिले पनि प्रदेश १, प्रदेश २ र बागमती तथा गण्डकी प्रदेशको मौसम आशिंक बदली भएको छ । प्रदेश २, बागमती र गण्डकी प्रदेशको मौसम खुल्दै गएपनि प्रदेश १ मा घाम लाग्दै बादल लाग्ने मौसमविद् बासीको पूर्वानुमान छ ।












