पाल्पामा थप एकजना संक्रमितको मृत्यु

पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिका–१ गैरागाउँका ५६ वर्षीय पुरुषको मिसन अस्पताल तानसेनमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

असोज ३० गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष ढाड दुख्ने समस्या भएपछि मिसन अस्पताल भर्ना भएका थिए ।यो सँगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको पन्थीले बताए । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार हाल जिल्लामा २ सय ८२ जना सक्रिय संक्रमित छन् ।

[sidebar name="button post"]