विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हाे । उनी पुरुषमा फोक्सो र मिर्गौला सम्बन्धी समस्या थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी ५ कात्तिक हान भर्ना भएका थिए ।
सोही दिन बेलुका कोरोना पोजेटिभ देखिएको थियो । आज बिहान करिब ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
मृतक महिला २९ असोजमा नोबेल मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा श्वासप्रश्वास र मधुमेह सम्बन्धी रोग समेत थियाे ।
[sidebar name="button post"]










