चितवनमा संक्रमित एक जना गर्भवतीको मृत्यु

चितवनको भरतपुर अस्पतालमा तनहुँकी कोरोना संक्रमित एक जना गर्भवतीको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको हो । ।

गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा खोकी, श्वासप्रश्वासमा समस्या थियो । उनी ३७ हप्ताको गर्भवती थिइन । उनको अवस्था जटिल भएपछि बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

[sidebar name="button post"]