गत चौबीस घन्टामा नयाँ कोरोना संक्रमितको संख्या पाँच हजार ७४३ देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा दुई हजार ९९६ निको भएर घर फर्किएका छन । हालसम्म निको भएर घर फर्कनेको कूल सङ्ख्या ९९ हजार ६०५ पुगेको छ ।
आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा तीनहजार १०७ नयाँ सङ्क्रमितमध्ये काठमाडौंमा दुईहजार ३९१, भक्तपुर १७३ र लतिपुरमा ५४३ रहेको जानकारी दिए । हाल क्वारेन्टाइनमा चार हजार ६५ छन् ।
गत २४ घण्टाभित्र २० हजार ११८ पीसीआर परीक्षण गरिएको छ भने हालसम्म १३ लाख ३४ हजार ८९७ को पीसीआर परीक्षण सम्पन्न भएको छ । सङ्क्रमित शून्य भएको जिल्ला मुस्ताङ छ ।
चाडपर्वका बेला संक्रमित बढेपनि अब चिन्ता पार्नु पदैन, प्रवक्ता प्राडा गौतमले मन्त्रालयबाट भएका निर्णयलाई भ्रामक तरिकाले समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै दशै पर्वका अवसरमा पनि आवश्यकता अनुसार सबै कोभिड अस्पताल खुल्ला रहने जानकारी दिए ।












