इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ ।
दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गरेको थियो । दुुबईमा भएको खेलमा पञ्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्लीलाई हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितसँगै पञ्जाबले १० खेलमा ८ अंक जोडेर तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । दिल्ली १० खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।












