कार्तिक ३, राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकु काठमाण्डाैले अबदेखि काेराेना परिक्षणकाे शुल्क लिने भएकाे छ । प्रयाेगशालाका निर्देशक डाक्टर रुणा झाले सूचना निकालेर सरकारकाे निर्णय अनुसार काेराेना परिक्षण व्यक्तिको आफ्नै खर्चमा गराउने जानकारी दिनुभयाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै लक्षण देखिएको खण्डमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने जानकारी गराएको छ ।
प्रयाेगशालाले पनि त्यसै अनुसार कार्यान्वयन गर्ने सूचनामा उल्लेख छ ।













