कात्तिक ३ , काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता २३८८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र २००८ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा नेपालमा ३७९० जनामा कोरोना संक्रमण देखिएको छ।
यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १३६०३६ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज निको हुनेको संख्या २३३५ जना छ। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९४५०१ जना पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ४०७७८ जना रहेको छ। त्यसमध्ये आईसीयूमा २८२ र भेन्टिलेटरमा ६३ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।












