Ad #144479

आज दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदैछ । देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठमा आज पनि विधी पूजा मात्रै गरिनेछ । कोरोना सङक्रमण जोखिमका कारण भक्तजनको भीड छैन ।

काठमाण्डौका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणी सहितका देवी दुर्गाका शक्तिपीठहरूमा विगतका वर्षमा दर्शनार्थीहरूको भिड लाग्ने गरेको थियो । काठमाण्डौ उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना लगायतका शक्तिपीठमा दर्शनार्थीको भिड लाग्ने गरेको भएपनि यसपाली सुनसान छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।