Ad #144479

असाेज २५, नेपालमा कोरोनाबाट थप २२ जनाको ज्यान गएको छ। ५ जना महिला र १७ जना पुरुषकाे ज्यान गएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या १,०७,७५५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आजको पीसीआर १२४२७ छ भने हाल क्वारेन्टिनमा ४६१३ जना रहेका छन्। हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ३१३१५ जना छन्।

त्यसमध्ये १३६४९ जना संस्थागत आइसोलेसन र १७६६६ जना होम आइसोलेसनमा रहेका छन् ।