सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

असोज २३ ,काठमाण्डाै। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा २ सय रुपैयाँ घटेकोे सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएकाे थियो ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर ११ ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

[sidebar name="button post"]