आइपीएल क्रिकेटमा कोलकोत्ताले चेन्नेईलाई १० रनले हरायो

इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्सलाई हराएको छ । राती आबुधावीमा भएको खेलमा कोलकोत्ताले चेन्नेईलाई १० रनले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा १ सय ६७ रन बनायो । जवाफमा चेन्नेईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

यस्तै अम्बाती रायडुले ३० रन जोडे । फाप डु प्लेसिस र साम करनले १७÷१७ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए । कोलकत्ताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १÷१ विकेट लिए । कोलकत्ताका लागि राहुल त्रिपाठीले ५१ बलमा ८१ रनको अर्धशतकीय पारी खेले । सुनिल नारिनले १७, सुबमान गिलले ११ रन बनाए ।

कप्तान दिनेश कार्तिक १२ रनमा आउट भए । पाट कुमिन्स अविजित १७ रनमा अविजित रहे । चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । यस्तै सार्दुल ठाकुर, साम करन र कर्ण शर्माले २÷२ विकेट लिए । जितसँगै कोलकत्ता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ५ खेलमा ६ अंक जोडेको छ । चेन्नईको भने यो तेस्रो हार हो ।

चेन्नईले ६ खेलमा ४ अंक जोडेको छ । चेन्नई पाँचौ स्थानमा छ ।

[sidebar name="button post"]