रोगैरोगको पिडामा स्मृति : जसले आँखा गुमाइन, मानसिक रोग लाग्यो अहिले हातखुट्टा पनि चल्दैन

रमिता दंगाल

स्मृति तामाङ जसले जन्मिदा संसार देख्ने आँखा पाएकी थिइन । दौडन हात खुट्रटा पनि ठिकठाक थिए । तर जन्मिएपछि हुर्कदैं जाँदा उनले सबथोक गुमाएकी छिन् । संसार देख्ने र चिन्ने बेला उनका आँखाले ज्योती नै गुमाएकी छिन् । उफ्रंदैं र रमाउँदै हिड्ने बेला हातखुट्रटा नसक्ने अवस्थामा पुगेका छन् । स्मृति तामाङ अहिले आमाबुवाको सहारामा बाँचेकी छिन् ।

पाँच वर्षमै आँखा गुम्यो

२०६१ साल माघ २८ गते आमा साङ्गमाई तामाङ्गको कोखबाट जन्मेकी स्मृतिको पुर्खेउली घर रामेछाप हो । तर उनी काठमाण्डौमा नै जन्मिएकी हुन् । स्मृति हुर्कदैं गर्दा आमा बुवाको सहारा नभै भएन । तर अब आफ्रनै खुट्रटामा उभिन सक्छु भन्ने बेला अर्थात् हिँडडुल गर्ने र उफ्रिने बेला बालापनको रमाइलो नै खोसियो ।

आँखाको ज्योती गुमेपछि उनी आमाबुवाको सहारामै छिन् । अहिले उनी १६ वर्षकी भएकी छिन् । तर हलचल समेत गर्न नसक्ने अवस्थामा छिन् । स्मृतिको परिवारमा नौ वर्षका भाइ र बुवाआमा हुनुहुन्छ । बुवा गाडी चलाउनु हुन्छ । तर अहिले कोरोना महामारीका कारण केहि पनि कमाइको आयस्रोत नभएको आमा साङ्गमाई तामाङ्ग बताउनुहुन्छ ।

तिलगंगा, पाटन तथा न्यूरोमा उपचार प्रयास

स्मृतिको हेरचाह आमाले गर्दै आउनुभएको छ । उनलाई परिवारका सदस्यले एक्लै छोड्न मिल्दैन । काठमाण्डौको मूलपानी थापा गाउँमा परिवार सहित बिरामी अवस्थाकी स्मृति सँगै छिन् । तीन वर्ष हुँदा स्मृतिलाई नर्सरीमा भर्ना गरिएको थियो । नर्सरीमा उनी प्रथम पनि भएकी थिइन् ।

जब उनी एलकेजीमा पुगिन्, तब पहिलो बेञ्चमा बस्दा पनि उनी बोर्डमा लेखेको केहि पनि नदेख्ने भएपछि उनको शिक्षकले स्मृतिको आँखा कमजोर भएको आमालाई जानकारी गराएका थिए । त्यसपछि उनलाई आँखा जाँच गर्न तिलगंगा आँखा अस्पताल लागिएको थियो । तिलगंगामा पनि उनको रोग नै पत्ता लागेन । पछि जापानबाट मेसिनहरु ल्याएर चेक गराउदा आँखाको रेटिना नै ड्यामेज भैसकेको रहेछ ।

त्यसपछि फेरी पाटन अस्पताल लगियो र आँखाको उपचार हुन नसक्ने भएपछि आँखा नदेख्ने स्कुलमा राख्दिनु भनेर डाक्टरहरुले सिफारिस गरेको स्मृतिको आमा बताउनुहुन्छ ।

दिमागको नशामा समस्या

तिलगंगामा उनको उपचार हुन नसक्ने भएपछि उनलाई पाटन लागिएको थियो । पाटनमा सीटी स्क्यान गरेर हेर्दा दिमागको नसा सुकेको डाक्टरले बताए । त्यसपछि न्यूरो हस्पिटल लगियो, डाक्टर उपेन्द्र देवकोटाले टाउकोको एमआरई गरेर हेर्दा पछाडी भागको दिमाग नै छैन आगाडी भागको हल्का हो की होइन जस्तो मात्र भएको बताउनु भयो ।

त्यति बेला नै डाक्टर देवकोटाले पछि पछि भएपछि दिमाग ठिक नहुने दिशा पिसाब चुहाउने विभिन्न समस्या हुन सक्छ भन्नु भएको थियो । डा देवकोटाले भनेको तीन वर्षपछि तेस्तै समस्या देखिन थालेको आमा साङ्गमाइ भन्नुहुन्छ ।

आँखाको उपचार नै भएन । आँखाको उपचार गर्दै गर्दा स्मृतिलाई अर्को रोग सुरु भयो । फेरी मानसिक रोग लाग्यो र अहिले हात खुट्टा पनि चल्दैन र बोल्न पनि नसक्ने अवस्था छ । स्मृति पिडाले बेला बेला फत्रक फत्रक गर्ने गरेको आमा बताउनुहुन्छ । बोल्न, उठेर बस्न केहि गर्न नसक्ने स्मृतिले अहिले मासिक ५ हजार रुपैयाँको औषधी खानुपर्छ । तर परिवारको अवस्था कमजोर छ ।

स्मृतिलाई बाँच्ने र परिवारलाई बचाउने चिन्ता

अहिले स्मृतिलाई बाँच्ने र परिवारलाई छोरी बचाउने चिन्ताले पिरोलेको छ । धेरै ठाउँमा उपचार गराएपछि डाक्टरहरुले कसै गरी उपचार गर्न नसक्ने भनेपछि स्मृति मानसिक रोगको औषधी सेवन गर्दैछन् ।

अहिले महिनाको पाँच हजारको औषधी लाग्ने गरेको तर त्यहि खर्च जुटाउन पनि धौ-धौ परिरहेको आमाको गुनासो छ । उहाँ भन्नुहुन्छ,‘छोरीलाई बचाउने कसरी, गरिबीले औषधी पनि किनेर खान नसक्ने अवस्था छ ।’ स्मृतिको परिवारमा आर्थिक अवस्था कमजोर छ । त्यसमाथी कोरोनाको कहर पनि थपिएको छ ।

स्मृतिलाई सहयोग गर्न चाहनु हुने सहयोगी मनहरुले उनको आमालाई ९८०८०८१४७४ मा सम्पर्क गर्न सक्नुहुनेछ । आमा साङ्गमाई भन्नुहुन्छ,‘तपाईंहरुको सानो सहयोगले औषधी किन्न र आवश्यक उपचारमा ठुलो सहयोग मिल्नेछ ।’

[sidebar name="button post"]