काठमाडौं उपत्यकाका १५९९ जनामा काेराेना संक्रमण पुष्टि

असोज १८, काठमाण्डौ । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यका भित्रका छन् ।

काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

[sidebar name="button post"]