नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बजारमा सुनचाँदीको मूल्य लगातार बढ्न थालेको छ ।
आज छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
[sidebar name="button post"]











