Ad #144479

असोज ९, पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।