सगरमाथा आरोहणमा विश्व रेकर्ड बनाएका आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

७ असोज, काठमाडौं ।राष्ट्रिय सम्मानका साथ कीर्तिमानी आरोही आङरिता शेर्पाको आज अन्त्येष्टि गरिएको छ । उहाको ५ असोजमा काठमाडौंस्थित छोरीको घरमा निधन भएको थियो ।

विश्वको सर्वोच्च शिखर सगरमाथा विनाअक्सिजन १० पटकसम्म सफल आरोहण गनुभएको उहाको टेकु दोभानमा अन्त्येष्टि गरिएको छ । उहाको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गनुभएको थियो ।

शव यात्रासहित शेर्पाको शव टेकु दोभानसम्म पु¥याइएको थियो ।उहाको शवयात्रामा लामा धर्मगुरुहरु, आरोहीहरु, आफन्तजनलगायत विभिन्न विधाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

[sidebar name="button post"]