सुनचाँदीको भाउ घट्यो, सुन तोलाको ९४ हजार ३ सय

सुनचाँदीको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा एक हजार ७ सय रुपैयाँ घटेर ९५ हजार ५ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार १ सय ९० रुपैयाँमा झरेको छ ।

[sidebar name="button post"]