६ असोज, काठमाडौं। कोरोना महामारीले निम्त्यएको जटिल परिस्थीति पछि सरकारले लगाएको लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेको जनकपुरधामस्थित रहेको जानकी मन्दिर दर्शनार्थीका लागि खुल्ला गरिएको छ ।
केन्द्र तथा प्रदेश सरकारकाको आधिकारीक सुचना नभएपनि मन्दिर खोल्ने निर्णय मन्दिर व्यवस्थापनलेनै गरको हो । मन्दिरका उत्तराधिकारी रामरोशन दासले आफै मन्दिर खुला गर्नुभएको हो ।
मन्दिर खुल्ला गरेपनि पहिलाको जस्तो दर्शनार्थिहरुको भिडभाड नभएपनि जनकपुरधाम र नजिकका श्रद्धालु एवं दर्शनार्थी आउन थालेको दासले जानकारी दिनुभएको छ । दर्शनार्थीहरुलाई दूरी कायम गरी दर्शन र पूजापाठ गर्न आग्रह गरिएको र सोहिअनुसार व्यवश्था मिलाईएको उहाले वताउनुभयो ।
मन्दिर खुलेसँगै मन्दिर वरपराका पसलहरु संचालन हुनुकासाथै जनकपुरधाम आसपासको क्षेत्रमा चहलपहल वढेको छ ।
[sidebar name="button post"]











