काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण

असोज ५, काठमाडौं। उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको मिडिया ब्रिफिङमा काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा पीसीआर विधिबाट ९ लाख २३ हजार ८२३ परीक्षणहरु गरिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ ।

[sidebar name="button post"]