४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुनेको सङख्या १३२५ जनामा पुष्टि भएको छ ।
९ हजार ५८४ नमुना संकल गरेर परीक्षण गरेकोमा १३२५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुनेको कुल सङख्या ६४ हजार १२२ पुगेको छ ।
कोरोनाको कारण मृत्यु हुनुको सङख्या ४११ जना पुगेको छ । ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९६६ जना संक्रमणमुक्त भएका छन् ।
[sidebar name="button post"]











