असोज ३ , काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन समर्थक सबैमा आग्रह गर्नुभएको छ।
घिसिङले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
कुलमान घिसिङले शनिबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीले आक्रान्त भएका बेला सडकमा भिडभाड हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ।
नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चारवर्षे कार्यकाल पूरा भएको बताउनुभएको छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ,’’ घिसिङले भन्नुभएको छ।
यस्तै उहाँले विज्ञप्तिमा मार्फत भन्नुभएको छ – ‘‘विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण नेपाल पनि आक्रान्त भएका वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’’













