३१ भदौ, काठमाडौं। नेपाली कांग्रेसले सरकारले विभिन्न पदमा गर्ने नियुक्तिमा भाग नखोजेको बताएको छ।
विगत केहि समय देखि कांग्रेसको साख गिराउन केहि समुहहरुले विश्वविद्यालय देखि संवैधानिक आयोग लगायतका स्थनहरुमा प्रतिपक्षले भाग खोजेको कुरा चलिरहदा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नियुक्तिका लागि पार्टीले कसैलाई नगुहारेको जानकारी दिनुभएको छ ।
‘रिक्त पदमा नियुक्ति आवश्यकता भएपनि सरकारले कोरोना महामारीको समयमा अस्पतालमा भेन्टिलेटरको सङख्या वढाउने , विदेशमा अलपत्रमा परेका नागरिकको उद्धार गर्नुपर्ने कुरामा सरकारले जोडदिनु पर्नेमा मात्र कांग्रेसको माग रहेको उहाले जानकारी दिनुभएको छ ।












