२९ भाद्र, काठमाडौं आज बालबालिका दिवस । मदन भण्डारी फाउण्डेशनले यो वर्षको बालदिवसको सन्दर्भमा “बाल विकासमा कोरोना महामारीले पारेको असर’’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
जसमा विभिन्न क्षेत्रका व्यक्तित्वहरु, अभिभाबक , बालबालिका र विद्यार्थीहरुलाई जुम एप मार्फत सहभागी गराई छलफल तथा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङले बालबालिकालाई सहजिकरण गर्न सबै तह र तत्काका मान्छेहरुले कसरी उनिहरुलाई सहभागिता गराउन सकिन्छ भन्ने विषयमा ध्यान दिन जरुरी हुने बताउनुभयो । उहाँले विभिन्न कार्यक्रम मार्फत् शिक्षण सिकाईलाई प्रभावकारि बनाउन सकिन्छ र कस्ता कार्यक्रम ल्याउदा अझ धेरै बालबालिकहरु सक्रि हुन्छन् त्यस्ता कार्यक्रमलाई जोड दिन आवश्यक परेको उल्लेख गर्नुभयो ।
यसैगरी कार्यक्रममा जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले कोरोनाको बेला रोगसँग लड्नका लागि चाहिने तत्वको आवश्यक पर्ने भएकाले शरिरलाई बल पुग्ने पोषणयुक्त खानेकुरा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले कोरोनाको बेलासँगै जहिलेपनि फलफूल, मकै, भटमास, घरमा बनाएको जुस, कागती खानुपर्ने उल्लेख गर्नुभयो । उहाँले जंग फुड र बजारको जुस जीन्दगीमा कहिले पनि सेवन नगर्न बालबालिकालाई सुझाब दिनुभयो ।
उहाँले २८ वर्षअघि आफू क्षयरोग पिडित भएकोले निको हुन खानमै जोड दिएका कारण खानाको सदुपयोग राम्रोसँग हुनुपर्ने बताउनुभयो । डा. उप्रेतीले जुनसुकै सामाग्री खरिद गर्दा पसल धेरै चाहार्ने, राम्रो, नराम्रो हेर्ने तर चाउचाउ किन्दा केहि नहेर्ने प्रवृत्तिले रोगलाई निम्त्याउने भएकाले खानेकुरामा अनुसाशसन पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी छलफल कार्यक्रममा मनोविद् डा. गंगा पाठकले शिक्षण सिकाईको क्रममा विद्यार्थी स्कूलमा गएर किताबसँग अन्तक्रिया गरेर गर्छन् अहिले घरमा बस्नुपर्ने भएकाले मोबाईल, टिभीबाट शिक्षण ग्रहण गर्दैछन् । यस्तो अवस्थामा शिक्षण प्रणालीमा प्रश्न उठ्ने भएकाले उनिहरुमा मनोबिज्ञानको असर पर्ने बताउनुभयो ।
उहाँले नयाँ आएका कुराहरु सहजै ग्रहण गर्न नसक्ने भएकाले उनिहरुले आफ्नो भित्रि कुरा सजिलै अरुसँग साट्न नसक्ने भएकाले पनि समस्या हुनसक्ने बताउँदै यसबेल अभिभावकले भित्रि कुरा खोतल्न सक्ने बन्नुपर्नेमा जोड दिदै बालबालिको सबै कुरा सुनेर समस्या समाधान हुने बताउनुभयो । बालबालिकाको शरिर चलाएमान नहुँदा रसायन उत्पन्न हुने भएकाले क्रियाशिल बनाउन खेलकुदमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
यस्तै शिक्षाविद् प्रा.बाशुदेब काफ्लेले सिकाइलाई निरन्तरता दिनका लागि अभिभाबक , शिक्षक , विद्यार्थीको महत्वोपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले कस्तो कुरामा भाइबहिनीहरुको रुची छ , उनीहरुको कस्तो कुराको खोजि छ त्यो बुज्न जरुरि रहेकाले खोज्न अभिभाबको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । सिकाईका विभिन्न माध्यममा संलग्न गराएर अतिरिक्त सुचना र जानकारी दिनुपर्ने बताउनुभयो ।
उहाँले शिक्षण गर्ने बैकल्पिक बिधि जुन छन् अब ति विधि हाम्रो अंग बनिसकेको छ भनेर बुज्न जरुरि रहेकाले रेडियो , मोवाइ , इन्टरनेट जुन जुन माघ्यम छन् ति माघ्यमलाइ अब शिक्षण सिकाइ को अङ्ग बनाएर त्यसलाई जिबन्त बनाउनुपर्ने बताउनुभयो । उहााले शिक्षक विद्यार्थी र अभिभावक र समाजबिचको सम्बन्ध के हो र त्यसलाई कसरी मजबुत बनाउनेमा जोड दिनुभयो ।
कार्यक्रममा मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारीले महामारिका अवस्थामा सामाजिक मनोबिज्ञानमा हामीलाई जति असर गरेको छ त्यो भन्दा बढी बालबालिकामा असर परेको दर्शाउनुभयो । उहाँले बालबालिकालाई बढी समय दिए समस्या नआउनेमा जोड दिनुभयो । शिक्षण सिकाई क्रममा महामारिले गर्दा सिथिलता ल्याएकोले समस्या नल्याउन सबै एक भएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा ३३६ जनाको सहभागिता थियो । कार्यक्रममा बालबालिकाहरुले सबै बिज्ञहरुलाई प्रश्न राखेका थिए ।









