मरेका र मारिएका त मरेर गए, बाच्ने अधिकार गुमाउनु सबै भन्दा ठूलो अन्याय हो

क्रान्तिशिखा धिताल

कुरा हिजो बिहानको हो, जुरुक्क उठेर एउटा हातमा पानीको गिलास लिएर काेठाकाे दुइ कुना मै “morning walk ” चल्दै थियो । टेबलमा रहेको मोबाइलमा टुङ्ङ घण्टि बज्यो , एकजना मिल्ने साथिको म्यासेज रहेछ “Best thing I have listened today, तिमीलाइ नि ठिक लाग्ला पुरै हेर ,निर्मलाको बारेमा हो” भनेर लिङ्क पठाएकि रैछ। उक्त भिडियो चर्चित कमेडिएन विशाल गौतमको थियो ।

साे भिडियोमा उनले #justicefornirmalapanta को अहिले चलिरहेको trend बारे केहि सुझाव सहित आलोचना गरेका थिए । भिडियाे हेरिसकेपछि “दामी लाग्यो” भनेर साथीलाइ रिप्लाइ गरे अनि केहि बेर घोत्लिए । एकछिन पछि ल्यापटप अगाडि राखेर २०७५/०३/०४ गते देखि निर्मला पन्तका नाममा लेखिएका लेख, समाचार खोजे ।

विभिन्न टिभि च्यानलमा लिइएका अन्तर्वार्ता हेरिरहँदा फेसबुकको वालमा पोष्ट्याउन मन लाग्यो तर राखिन । किनभने नेपालको झण्डा जलाएको मुद्दाले छुट्टै ठाउँ ओगटेकाे थियो । अब केहि समयका लागि निर्मला सँग सम्बन्धित कुनै पनि कुराले ठाउँ पाउने अबधि सकिएको थियो। अचम्मको कुरा के छ भने आम नागरिक सिर्जित Agenda हरु बन्छन अनि अल्पवायु मै मर्छन ।

कोहि प्रताडित भएर अन्यायमा परिरहदा हामी औपचारिकताको लागि मात्रै जस्तो गरि आवाज उठाउँछौ, आफ्नै शरीर भित्रको रगत जसरी सडक तताउछौ, अब त केहि हुन्छ है जसरी आशा जगाइदिन्छौ फेरि त्यसको केहि निचोड नआउँदै अर्को विषयवस्तुमा फ्याट्ट हाम फालेर विद्रोह गर्न लाग्छौ । जस्तै गरि सिंहदरबार र संबिधानसभा भित्रका “उच्च नागरिकका” योजना सुन्दा ओठ पिर्लुक्क पार्ने हाम्रो बानि बसेको छ उस्तै गरि उताका लाइ पनि हाम्रो आवाज २ दिने जस्तो लाग्दो हो।

वर्खा महिनाको झरी जस्तो कुन बेला ,कस्तो बेगमा आउने ठेगान नै नभए जस्तै बन्दै छन हाम्रा पाइलाहरु जो सधै माइतिघरलाइ मात्रै आफ्नो विद्रोह को थलो सम्झन्छन । निर्मला पन्त कै case हेर्ने हो भने ७५०+ दिन लेखेर फेरि छिछिम्म्रा जसरी ठुलै संख्यामा फेसबुके mass movement चल्यो ।

केहि पनि नहुनु भन्दा त्यति मात्रै पनि हुनु आफैमा ठिक हो ।  तर यो बिचको अवधिमा कहाँ थिए त अन्यायका विरुद्धमा दिनगन्ति गर्दै निस्कने यि सामुहिक आवाजहरु ? विद्रोह उपलब्धि मुलक भएन भने अर्को विद्रोह जन्मन्छ । यस्ता संवेदनशील case हरु उब्जाउदा ती माथिका शासक जो एकछत्र राज गरिरहेका छन उनीहरुले अर्को बहसको सिर्जना गरेर जनतालाइ उचाल्दै पछार्दै छन ।

यस्तो भयाभह अवस्थामा बेसार काण्ड जरुरी थियो त ? देशकै नागरिकले सामान्य अधिकारको लागि सधै सडक तताउनु पर्दाको आक्रोश को रापले कसरी छुन्छ होला सिंहदरबारभित्र चिसो AC मा बसेकालाई! देशमा कोही बलात्कृत भइरहदा , प्राकृतिक प्रकोप बाट दिनहुँ जनता मरिरहदा राम जन्मस्थल काण्डले Media को coverage पाउनु कत्तिको स्वभनिए देखिन्छ ? सीमा विवाद देशको छातीमा डाेजर चलाए जस्तै दर्दनाक थियो ,तर जनता नै नरहे देशको अस्तित्व के रहला? अधिकार खोस्नु पर्छ भन्ने नै हाम्रो हुर्काइ भएर हो कि अधिकार पाउन हम्मे भएको ।

अस्ति भर्खरजस्तो लाग्छ, अन्यायविरुद्ध लड्न बन्दुक बोक्नुपर्छ भन्ने चेतना आएको। चेतना परिपक्व नहुँदै , अर्को व्यवस्था आयो । यो देशमा युगान्तकारी परिवर्तन ल्याएँ भन्दै गर्भ गर्नु नै हास्यास्पद छ । एउटा महिलाको न्यायको लागि लड्दा फेमिनिजमको भद्दा मजाक बनाएर पुरुषहरु ” हामी माथि भएको अन्याय माथि आवाज उठाएकाे खोइ” भन्दै अभद्र तरिकाले आफुलाइ उभ्याउछन ।

जहिले जहिले महिलाका मुद्दा उठ्छन त्यहि बेला मात्रै अरु मुद्दा उठाउनु पर्ने केहि छ र ? पात्र महिला भएपनि अन्याय मानव जातिलाइ भएको कटुसत्य बुझ्न झरुरी छ । जनअपेक्षा, जनआशा , जनविश्वास माथि वर्षाै देखि देखापरेको यो नाैटङ्कि कहिले कार्यदल ,कहिले MCC को नाम दिएर जनतालाइ बच्चा जसरी झुक्काइयाे । आमुल परिवर्तन नहुन्झेल दिनदु:खिका अगाडि यी उठान ले खासै महत्व राख्दैन ।

स्थानिय सरकार बनेको ३ वर्ष भइसक्दा ५०% जनता सामान्य अधिकार बाट बञ्चित छन । लोकतन्त्र पारदर्शीताको कार्यपद्धति , संस्थागत प्रणाली हो भने व्यक्ति प्रदान किन त ? विचार र विधिले बाँधेको राजनिति भए न टिक्छ पार्टी , नफुटोस भनेर जसोतसो अडाउन खोजिएको राजनिति सँग के आशा राख्ने ? वर्तमानमा समाज दिगभ्रमित भएको छ ।

समाजका हितका निम्ति काम गर्ने प्राय अङ्ग भ्रष्ट छ, छताछुल्ल छ ,भताभङ्ग छ । प्रशासनमा, राजनितीमा, सुरक्षामा, ब्यापारमा, राज्यमा, शिक्षामा, स्वास्थ्यमा चोरी व्याप्त छ , अनि चोर समात्न जाने को? देश र जनताको पक्षमा केही गर्न पर्दैन भ्रम छरिदिए पुग्छ ,झूठै झूठको खेति लगाइ दिए पुग्छ हामी त्यही खेत म केहिँ उमृयो कि भन्दै हेर्दै फर्कदै एक पछि अर्को दशक बिताइरहेका छौं ।

यो झूठ को खेतमा कहिले सम्म हिलाम्मे हुने हो ? यति लामो कालखण्ड पछि आएको यो व्यवस्थमा समाजवाद ,जनजिविका र पारदर्शीताका विषयमा छलफल भएको कहिले सुनिन्छ त ? राष्ट्रियताका मुद्दा Show off को लागि मात्रै सिमित छन । दुइ तिहाइको सरकार मा एउटा बालिकाले न्याय पाउन नसक्नु कति सम्मको दुःखमा समाज हुर्कदै छ! अहिलेको व्यवस्था कुनै तानाशाहले चलाएको त पक्कै होइन तर भान त्यस्तै हुन्छ ।

सरकार रतन्धो भएको उहिल्यै हो , यसले गरिब र निमुखा वर्गलाइ देख्दैन , अन्याय को चित्कार सुन्दैन,मुखमा माक्स लगायको छ, बोल्न मिल्दैन । राजनितिक नेतृत्वले निर्णायक भुमिका गुमाउदै गर्दा वाहिय ताकत छर्लङ्ग देखिनु कुन नौलो कुरा भयो र ? ” तँ हानेको जस्तो गर म रोएको जस्तो गर्छु” भने जस्तै दिल्लि ,बेइजिङ र अमेरिकालाइ आक्षप लगाउने हाेड बाजि चलेको छ । आफ्नै जिवन नै परिवर्तन गर्न नसकिरहँदा भावि सन्तति को उपेक्षा पुरा गर्न सकिएला त ?

गर्ने के त ?

मरेका र मारिएका त मरेर गए, बाच्ने अधिकार गुमाउनु सबै भन्दा ठूलो अन्याय हो ।बाचेकाले ससम्मान बाच्न पाउनु नै न्याय हो । चाहे आज बाचेका हुन या भोलि बाच्नु पर्नेहरु हुन । विगतका गल्तीहरुलाई औल्याउदै केही नविन कदम चाल्नैपर्ने धुर्वसत्य नितीको मध्यान्तरमा नेपालको राजनैतिक तथा प्रशासनीक अवस्था रहेको छ । समय सापेक्ष वा समय परक केही कदमहरु चाल्नै पर्ने बाध्यताका आजको जनस्तरको माग पनि रहेको छ ।

तर राजनैतिक विचारको एकतृत विचारधाराले फरक धार औल्याउन नसकेको जस्तै देखिन्छ । यसको जल्दो उदाहरण हो संघियतामा लादिएको एकतृत शासन प्रणाली । केही वैकल्पिक विचार आउने वित्तिकै शत्तासिन व्यक्तिको मुहारमा झल्किएको त्यो उदासिनता वा डरले त्यसको बनोट बढ्न पाउदैन तर आजको अवस्थामा केही आधारभूत प्रणालीकै परिवर्तन अपरिर्वतनिय भएको छ ।

राज्य व्यवस्थाको प्रजातान्त्रिक पद्धती अन्र्तगत को एक मुल विषय हो निर्वाचन । परापूर्वकाल देखि चलिआएको एकात्मक निर्वाचन प्रणाली अपनाएर नेपाली जनताले पाएका जनप्रतिनीधि बाट त्यसको उचितरुपमा प्रयोग नगरीनुका साथै यस प्रतीको नैरास्यता जता ततै झल्किन थालेको छ । हामी नेपाली मौलिकता झल्कीने किसीमको मौलिक तथा हाम्रो सभ्यतालाई सुहाउदो किसिमको पद्धतीको निर्माण गर्न सक्दछौ ।

व्यापकरुपमा नातावाद कृपावाद तथा चिनजानका आधारमा गरीएको मनपरितन्त्र वा केहीँ ठाउमा काम गर्ने माहोल सम्म कम भएको अवस्था देखापरेको छ । यसका वैकल्पिक उपाय तिर चाख नराखी भएकोमा चित्त बुझाइ बस्ने बानीका कारण होला त्यता ध्यान पनि त्यती गएको झै छैन । जे छ ठिकै छ । तर अबको समयमा युवाको चेतनाले भ्याए सम्म नयाँ र नविन प्रकृया अवलम्बन गर्नुपर्ने आवश्यक भएको छ ।

हाम्रो शासन प्रणाली को ५ वर्षको म्यान्डेट पनी बाधक बनेको छ । यसलाई परिवर्तन गरेर हाल रहेको निर्वाचन प्रणालीलाई केही परीर्वतन गरी एक निर्वाचन क्षेत्रबाट चुनिएका प्रतिनिधिलाई अर्को निर्वाचन क्षेत्रमा पठाइ काम गराउन सक्ने व्यवस्था ल्याउने हो भने यि समस्याहरुको केही हद सम्म समाधान पाउन सकिन्छ । चुनिएको प्रतिनीधी एक क्षेत्रबाट अर्को क्षेत्र जादा एक त नातावाद कृपावादमा केही कमी हुने, काम गर्न निकै सजिलो हुने र कार्यगत विवरणहरुको सुची बढ्छ ।

निर्वाचित क्षेत्र फरक भए पनि काम गरेको क्षेत्रमा उसको परिक्षा हुने भएकाले नया ठाउमा उसका लागी चुनौती पूर्ण अवस्थाहरु र विकल्पहरु उत्तिकै रहिरहनेछन ।

[sidebar name="button post"]