राष्ट्रिय जनगणनाको तयारी हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रिय जनगणना, २०७८ को तयारी भइरहेको छ । नेपालमा सर्वप्रथम विसं १९६८ सालमा शुरु भएको यो जनगणना विसं २०७८ सालमा हुने जनगणना नेपालको १२औँ राष्ट्रिय जनगणना हो ।
२०७८ को तयारीस्वरुप मकवानपुरमा नमूना जनगणना गत असारमा सम्पन्न भएको छ । कोरोना भाइरसको प्रकोपका कारण २०७६ चैतमा सम्पन्न हुने नमूना जनगणना असारमा सकिएको हो । नमूनाका लागि मकवानपुरको चार स्थानलाई गणना क्षेत्र मानेर जनगणना भएको जिल्ला तथ्याङ्क कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत राजेश दासले जानकारी दिनुभयो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ९ मा, थाहा नगरपालिकाको २ नम्बर वडामा र इन्द्रसरोवर गाउँपालिकाको ५ नम्बर वडामा नमूना जनगणना भएको थियो । एक सुपरिवेक्षकसहित चार गणकद्वारा चार गणना क्षेत्रका ६३८ घरको जनगणना भएको थियो । असारमा भएको नमूना जनगणनामा मकवानपुरको तथ्याङ्क ६५ प्रतिशत मात्र आएको अधिकृत दासले बताउनुभयो । कोभिड–१९ को अवस्थामा भएको नमूना जनगणनामा सबै तथ्याङ्क आउन नसेकेको बताइएको छ ।
राविधिक शिक्षा वा तालीम, परिवारमा अक्सर बसोबास गरेका परिवारका सदस्य (महिला, पुरुष र अन्य लिङ्गी) सङ्ख्या र परिवारको कृषिसम्बन्धी लगायतका विवरणहरु सङ्कलन गरिनेछ । दोस्रो तथा मुख्य प्रश्नावलीमार्फत परिवारिक विवरण र व्यक्तिगत विवरणहरु सङ्कलन गरिने छ ।
पारिवारिक विवरणमा घरको स्वामित्व, घरको संरचना, खानेपानी, शौचालय, बत्तीको स्रोत, खाना पकाउने इन्धन, मृत्युसम्बन्धी, परिवारमा अनुपस्थित विदेश गएका, महिलाको नाममा घरजग्गा तथा साना घरेलु व्यवसाय तथा अन्य घरायसी साधन र सुविधाहरु आदिको विवरण सोधिनेछ ।
त्यसैगरी व्यक्तिगत विवरणमा घरपरिवारका सदस्य तथा व्यक्तिको लिङ्ग, उमेर जातजाति, भाषा धर्म वैवाहिक स्थिति, बालबालिका, अपाङ्गता, बसाइसराइ, प्रजनन्, आर्थिक क्रियाकलापलगायतका विवरणहरु सङ्कलन गरिनेछ । घर तथा घरपरिवार सूचीकरण आगामी २०७८ साल वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म २० दिन र मुख्य प्रश्नावली २०७८ जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन हुने भएको छ ।
त्यस्तै तेस्रो प्रश्नावलीको विवरण सुपरिवेक्षकले प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावलीमार्फत वडास्तरको आधारभूत स्रोत, साधन क्षमता र पूर्वाधारसम्बन्धी विवरणहरु सङ्कलन गर्नेछन् । नेपालमा विसं १९६८ (सन् १९११) मा पहिलो राष्ट्रिय जनगणना भएको थियो ।
त्यसयता प्रत्येक दश–दश वर्षमा जनगणना हुँदै आएको छ । पछिल्लो पटक सम्पन्न राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कअनुसार देशको कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ









