काठमाडौं उपत्यकामा थपिए ५ सय ७२ कोरोना संक्रमित

भाद्र २५, काठमाडौँ। काठमाडौं उपत्यकामा थप ५ सय ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप ५ सय ७२ जना संक्रमित थपिएक हुन्। तीमध्ये काठमाडौंका ४ सय ९५ जना, ललितपुरका ४३ जना र भक्तपुरका ३४ जना छन्।

अहिलेसम्म काठमाडौंमा ७ हजार ६ सय ११ जना, ललितपुरमा एक हजार ११ र भक्तपुरमा आठ सय १८ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ४६ जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ। नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ५६ पुगेको छ।

[sidebar name="button post"]