देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिए, ५० हजार नाघ्यो

भाद्र २५, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ थपिएका सहित देशभर गरी ५० हजार नाघेको बताउनुभयो।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन्

[sidebar name="button post"]