२४ भदौ, काठमाडौं । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४६४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९४ , ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना कोरोना संक्रमित थपिएका हुन्।
बुधबार मात्रै नेपालमा १ हजार ८१ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म देशभर कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ।
[sidebar name="button post"]









