यस वर्षको निजामती सेवा दिवसको नारा तय गरिएको छ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले निजामती मूल समारोह समितिको बसेको बैठकले ‘स्वच्छ र समक्ष निजामती प्रशासन : समृद्धि र सुशासन’ तय गरिएको जानकारी दिनुभयो ।
सरकारले यस वर्ष कोरोना भाइरस (कोभिड–१९)का कारणले कार्यालयमा नै दिवस मनाउन निर्देशन दिइसकेको छ । मन्त्रालयका प्रवक्ता अधिकारीले कार्यालयमा दिवस मनाउँदा पनि भौतिक दूरी र स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग गर्नुपर्ने बताउनुभयो ।
निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा यही भदौ २२ गते निजामती दिवस मनाइने गरिन्छ । नेपालमा करिब ८० हजार निजामती कर्मचारी छन् ।
[sidebar name="button post"]









