Ad #144479

काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।

ग्रान्डीमा गरेको पीसीआर परिक्षणबाट सङक्रमण पोजेटिभ भएको जानकारी आएको मेयर शाक्यले जानकारी दिनुभयो ।

अहिले आफू होम आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेकाले घरबाटै काम गर्दै आएको समेत बताउनुभएको छ । उहाँले सङक्रमण हुँदैमा लुकाउन र डराउन नपर्ने समेत बताउनुभएको छ ।