काठमाण्डौ उपत्यकामा एक सय ८६ सहित आठ सय ८४ जना कोरोना संक्रमण पुष्टी

भाद्र १३ ,काठमाण्डौ। नेपालमा पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जना महिला र नौ जना पुरुषको ज्यान गएको हो ।

पर्सा र काठमाण्डौं, भक्तपुर र ललितपुर दुई÷दुई जनाको ज्यान गएको छ । यस्तै पाल्पा, सिरहा, गोरखा र कास्कीमा एक÷एक जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई सय सात पुगेको छ । यसैविच नेपालमा पछिल्लो २४ घन्टामा आठ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ सय ८४ जना थपिएसँगै कुल संक्रमितको संख्या ३७ हजार दुई सय ८० पुगेको छ । यस्तै काठमाण्डौं उपत्यकामा आज एक सय ८६ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाण्डौंमा १ सय ५५, भक्तपुरमा १२ र ललितपुरमा १९ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा थप ३ सय १३ जना संक्रमणबाट निको भएका छन् । पछिल्लो २४ घन्टामा ११ हजार ५ सय १६ जनाको पीसीआर विधिमार्फत कोरोना परिक्षण भएको छ । अहिलेसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको परिक्षण भएको छ ।

 

 

 

 

[sidebar name="button post"]