काठमाडाैँ- नेपाल आइडल सिजन-३को विजेता मोरङ पथरीकी सज्जा चौलागाईं बनेकी छिन्। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गर्नु भयो।
यस्तै बर्दियाका प्रविन बेडुवाल फस्ट रनरअप बनेका छन् भने किरणकुमार भुजेल सेकेन्ड रनरअप भएका छन्।
विजेता भएसँगै सज्जाले नगद रू ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् भने फस्ट रनरअप प्रविनले १० लाख र सेकेन्ड रनरअप किरण भुजेलले पाँच लाख नगद प्राप्त गरेका छन्।
[sidebar name="button post"]









