प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो हुने : अध्यक्ष अशोक खड्का

काठमाडौं जिल्ला तेक्‍वान्दो संघको आयोजनामा हुने प्रथम काठमाडौं भर्चुअल तेक्‍वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ । पुम्से विधामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जानकारी दिनु भयो ।

प्रतियोगितामा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का २ स्वर्ण विजेतासहित १७० खेलाडीको सहभागिता रहने बताइएको छ । १३औं सागका स्वर्ण विजेता नीता गुरुङ र सन्जिला तिम्सिनाले सहभागिता जनाउने भएका हुन् । त्यस्तै १३औं सागका कास्य विजेतात्रय दीपेन्द्र गुरुङ, प्रेमबहादुर आले र अस्मिन राउतले पनि प्रतियोगितामा सहभागिता जनाउँदै छन् ।

शनिबार र आइतबार हुने प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी जम्मा ११ स्पर्धामा खेल हुनेछ । पहिलो दिन ६ स्वर्णको छिनोफानो हुने अध्यक्ष खड्काले जानकारी गराउनु भयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रमेशकुमार सिलवाल र नेपाल तेक्‍वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले भिडियो सन्देशमार्फत प्रतियोगिताको सफलताका लागि शुभकामना दिनुभएको छ

[sidebar name="button post"]