उद्योगी एवं सांसद विनाेद चाैधरीलाई काेराेना

भदाै १२, उद्योगी एवं सांसद अर्बपति विनोद चौधरीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा चौधरीले आफूलाई कोरोना पोजेटिभ देखिएको बताउनु भएको हो । उहाँले आफूलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको बताउनु भएको छ ।

चौधरीले अब डाक्टरको सल्लाह अनुसार आईसोलेशनमा बस्ने बताउनु भएको छ । उहाँले आफ्नो सम्पर्कमा आएकालाई पनि सावधानी अपनाउन सुझाव दिनु भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

[sidebar name="button post"]