काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ३७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा एकैपटक अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयाे।

संक्रमितमा काठमाडौंमा मात्रै २७० जना रहेका छन् । ललितपुरका ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १सय ११ संक्रमित थपिएका छन् । याेसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको छ ।

[sidebar name="button post"]