प्रल्हाद अधिकारी
भाद्र ११ , काठमाण्डौ । सडकमा गाडी गुडेका छैनन् ।सरकारले जारी गरेको निषेधाज्ञा थप एक हप्ता लम्बाएको हाे ।
पहिलो हप्ता काठमाडौं उपत्यकामा ८ हजार बढी गाडी होल्डमा परेका छन् । निषेधाज्ञा थप भएसँगै ट्राफिक प्रहरीले थप कडाई गरेको छ ।
अत्याबश्यक सेवाका बाहेक अरु गाडी नचलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ । औषधी, तरकारी, प्रेस, खाद्यान्न लगायत अति आवश्यक सामग्री बोक्ने गाडीलाई भने ट्राफिक प्रहरीले छाड्ने गरेको छ।


















