Ad #144479

१० भदौ, काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्बन्धको दुरुपयोग गरी कुनैपनि व्यक्तिले लाभलिन नहुनेमा आफ सचेत रहेको वताउनुभयो ।

उहाले फेसबुकमा स्टाटस लेख्दै आफू नाताका व्यक्तिहरुलाइ कानूनी व्यवस्था उलंघन गरी पद प्राप्त गराउन लागेको कुरामा कुनै सत्यता नभएको वताउनुभएको छ ।

उहाले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्नुभएको छ ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् ।’

उहाले यदि त्यस्तो प्रमाणित भए आफु सार्वजनिक रूपमा सजायको भागिदार बन्ने बताउनुभएको छ । पोखरेलका सम्धी उपेन्द्रकुमार कोइरालालाई राष्ट्रिय वाणिज्य वैंकको अध्यक्षमा नियुक्त गर्न लागेकोमा विवाध भएको छ ।