८ भदौ, काठमाडौं। नेपाल पत्रकार महासङ्घले सरकारसंग कार्यस्थलमा गएर समाचार सङ्कलन गर्ने सञ्चारकर्मीको निःशुल्क कोरोना भाइरस (कोभिड १९) को पिसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
उच्च जोखिमका बीच कार्यस्थलमा खटिएर समाचार संकलन गर्ने सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह सहित महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्नुभएको हो ।
अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउनएर काम गर्न समेत सञ्चारकर्मीलाई महासङ्घले अपिल समेत गरेको छ । महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर पनि समाचार सङ्कलन तथा सम्प्रेषण गरिरहेको उहाले बताउनुभयो ।
विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सन सङ्क्रमणको उच्च जोखिममा रहेका छन् ।












