महानगरीय प्रहरी बृत महाराजगञ्जका एक थुनुवा र पाँच जना प्रहरीमा कोरोना भाइरस सङक्रमण पुष्टी भएको छ ।
साउन ३० गते मनमैजुमा एक व्यक्तिको हत्या गरेको आरोपमा समातिएका एक थुनुवामा कोरोना पुष्टी भएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी श्यामलाल ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । थुनुवा र प्रहरीमा कोरोना देखिएपछि अरुको पनि परिक्षण भइरहेको उहाँले बताउनुभयो ।
सङक्रमण पुष्टी भएकाहरुलाई आइसोलेसनमा पठाइएको छ ।
[sidebar name="button post"]









