कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४६ पुग्यो, आज थप ९ जनाको मृत्यु

भदाै ६, कोरोनाका कारण नेपालमा गएको २४ घण्टामा ९ जनाको ज्यान गएको छ ।

सुनसरीमा ६ वर्षकी बालिका र ६७ वर्षका पुरुषको ज्यान गएको छ । यस्तै, पर्सामा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ६१ वर्ष, ५८ र ४८ वर्षका पुरुष रहेका छन् ।

त्यसैगरी, बारामा ५८ वर्षका पुरुष, सिरहामा ६८ वर्षका पुरुष, मकवानपुरमा ५६ वर्षका पुरुष र भक्तपुर ७३ वर्षका पुरुषको ज्यान गएको छ । यो सँगै अहिलेसम्म नेपालमा काेराेनाका कारण १४६ जनाको ज्यान गएको छ ।

[sidebar name="button post"]