भाद्र ३,काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको परीक्षण गर्दा ६८१ जनामा संक्रमण देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिनुभएको छ । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७०० पुगेको छ।
देशभर सक्रिय संक्रमित ११ हजार १ सय १८ छन्।
[sidebar name="button post"]









